शरद रेग्मी, तुलसीपुर
१५-साउन/ लायन्स क्लब डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लबका अभियानहरु अब गाउँ गाउँमा लैजाने बताएका छन्। शुक्रबार लायन्स क्लब अफ दाङ लगायत ऐरिया नम्बर ५ अन्तर्गत रहेका क्लबहरुको स्टलेसन कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर भट्टले स्थानीय पालिकाहरु र सघं सस्थाको समन्वयमा अभियानहरु गाउँ केन्द्रित गर्दै जाने बताए ।


                                                                         बिज्ञापन
   



सो अवसरमा बोल्दै गभर्नर भट्टले लायन्स क्लबहरुले स्थानीय पालिकाको समन्वयमा बिजुली, पानी सडक र चौतारा सहितको लायन्स भिलेज निमार्ण गर्ने बताए । कार्यक्रममा कोरोना महामारीका बिच आफ्नो जिउको प्रबाह नगरि दिन रात सेवा र राहतमा खट्ने सामाजिक अभियान्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

लायन्स क्लब अफ दाङका अध्यक्ष गणेश अधिकारी र ईसान क्लबका अध्यक्ष बुद्धप्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लायन्स क्लबहरुले भुकम्प, बाढी, कोभिड १९, स्वास्थ्य र शिक्षामा निरन्तर सेवा प्रबाह गरिरहेको भन्दै लायन्स अभियान्ताहरुले गरेको सामाजिक कामको प्रशंसा गरेका थिए । सो अवसरमा डिष्ट्रिकका सिनियर लायन लिडर बिनोद कुमार श्रेष्ठ, पुर्व गभर्नर राजकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सिबि चन्द, दितिय उपाध्यक्ष नवराज न्यौपाने, सचिव प्रभाकर पण्डित, रिजन चेयर पर्सन सरस्वती सुबेदी, एजुकेटिभ चिफ लब अधिकारी, निवर्तमान एरिया चिफ युवराज थपलिया लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा सिनियर लायन लिडर बिनोद कुमार श्रेष्ठ, दाङका पुर्ब अध्यक्षहरु बिमल रिजाल, यज्ञबहादुर केसी, एमजेएफ लायन लभ अधिकारी, एरिया चिफ टेकनप्रसाद कडेल, निवर्तमान एरिया चिफ युवराज थपलिया,लायन्स लिडरहरु शम्सेर थापा ,धनेश्वर आचार्य,लायन्स क्लब अफ दाङ त्रिसिद्देश्वरिका अध्यक्ष यमुना शाह, मिडिया एण्ड टेक्नोलोजि अफिसर शरद रेग्मी, लायन्स क्लब अफ ईसानका उपाध्यक्ष प्रेम प्रकाश गिरी, लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष राजेन्द्र महतरा, लियो क्लब अफ तुलसीपुर ईसानका अध्यक्ष प्रवेश भुषाल लगायएकालाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण एरिया सचिव किशोर भण्डारीले गरेका थिए ।

सपना भण्डारीको अध्यक्षतामा लायन्स क्लब अफ तुलसीपुर सिटिको क्लब र हिमाल डाँगीको अध्यक्षतामा लायन्स क्लब अफ दाङ क्यापिटल क्लबको समुदघाटन समेत गरिएको थियो ।
ठाकुर प्रसाद डाँगीको अध्यक्षतामा अघि गठन गरिएको लायन्स क्लब अफ दाङ टिचर्स, बिरेन्द्र खड्काको अध्यक्षतामा गठन भएको लायन्स क्लब अफ कालिका मालिका क्लब र प्रकाश भण्डारीको अध्यक्षतामा गठन भएको लायन्स क्लब अफ सल्यानका पदाधिकारीहरुलाई समेत पदस्थापन गराईएको थियो ।

प्रतिकृया

प्रतिकृया