लक्ष्मण बस्नेत,तुलसीपुर
१५ साउन/ जिल्ला खेलकुद बिकास समिति दाङ ले आज शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भोज राज वलि र नरेन्द्र पुन लाई स्वागत तथा सम्मान गरेको छ । समितिले भर्खरै दाङ जिल्ला बाट लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यमा मनोनित भई कार्यभार समालेका वलि र पुन लाई स्वागत तथा सम्मान गरेको हो ।


                                                                         बिज्ञापन
   



जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख चौधरी लगाएत कर्मचारीले अबिर तथा खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश परिषद सदस्य द्वय वलि र पुनले सिङ्गो प्रदेश संगै जिल्लामा खेलकुदको बिकासका लागि आफुहरु लागि पर्ने बताएका छन।

जिल्लाका तर्फ बाट प्रदेश खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएका छौ, सिङ्गो प्रदेश संगै दाङ खेलकुदको बिकास लाई त्यतिकै महत्त्वका साथ चुरुस्त दुरुस्त बनाउने अभियानमा आफुहरु जुट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन। कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक भिम लाल बिश्वकर्माले गरेका थिए। यसैविच सोही अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य द्वय भोज राज वलि र नरेन्द्र पुन लगाएत कर्मचारीहरुले जिल्ला खेलकुद विकास समितिको मातहतमा बेल्झुण्डीमा निर्मित रंगशाालाको स्थलगत अनुगमन निरिक्षण गर्नु का साथै विभिन्न प्रजातिका पुस्प रोपन समेत गरेका थिए ।

प्रतिकृया

प्रतिकृया