दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

सुशीला ओली,घोराही
१६ साउन/ पछिल्लो समय जिल्लामा उद्योगहरु थपिने क्रम बढेदै गएको छ । प्रदेश सरकारले घरेलु तथा साना उद्योगहरु निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था ल्याएसंगै उद्योगको संख्यामा वृद्धि भएको हो ।जसअन्तर्गत दाङ जिल्लामा एक वर्षको अवधीमा २ हजार ४ सय ५४ जना नयाँँ उद्यमी थपिएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा घरेलु तथा साना उद्यमीहरु यो संख्यामा नयाँ उद्यमी थपिएका हुन् । यसरी थपिने मध्ये १ हजार २ सय ६२ जना पुरुष तथा १ हजार १ सय ९२ जना महिला रहेको घरेलु तथा साना उद्योग कार्यालयका निमित प्रमुख उमबहादुर वलीले जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



घरेलु तथा साना उद्योग कार्यालयले उद्योगसम्बन्धी ५ करोडसम्मको कुल पूँजी र वाणिज्यतर्फ २ करोडसम्मको लगानी भएका उद्योग तथा व्यवसाय दर्ता गर्ने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा उद्योगमा यो संख्यामा नयाँ उद्यमी थपिएका हुन् । एकवर्षको अवधीमा २ हजार एक सय ४ वटा उद्योग थपिएका छन् ।

जसमा २ हजार ५७ वटा प्राइभेट फर्म, ९५ वटा साझेदारी फर्म र ३२ वटा प्रालि दर्ता भएका छन् । यस अवधीमा २ सय ७ वटा उद्योगहरु बन्द भएका छन् । थपिएका उद्योगहरुमा ४ अर्व ४ करोड २३ लाख २१ हजार लगानी भएको निमित्त प्रमुख वलीले बताए । नयाँ उद्योगमा ८ हजार १ सय ७७ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा ५ हजार ५ सय ४२ जना पुरुष तथा २ हजार ६ सय ३५ जना महिलाले रोजगारी प्राप्त गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयमा २०७६/०७७ मा ७ सय ३१ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । पछिल्लो समय जिल्लामा उद्योगहरु थपिने क्रम बढेको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रदेश सरकारले घरेलु तथा साना उद्योगहरु निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था ल्याएको कारण पनि उद्योगको संख्यामा वृद्धि भएको उनको भनाइ छ । यसैबीच घरेलु तथा साना उद्योग कार्यालयले अनलाइन मार्फत उद्योग तथा वाणिज्यसम्बन्धी व्यवसाय दर्ता गर्न सुरु गरेको छ । चालूआर्थिक वर्ष २०७८/०७९ बाट यस प्रकारको सेवा सुरु गरेको कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिए । सरकारले गरेको व्यवस्था अनुसार नै कार्यालयले अनलाइनबाटै दर्ता सुरु गरेको उनको भनाइ छ ।

अनलाइनमार्फत सबै कागज पत्र पु¥याएमा १५ दिनभित्र उद्योग सम्बन्धी दर्ता गरेर प्रमाण पत्र प्रदान गरिने छ भने वाणिज्य सम्बन्धी ७ दिन भित्र दर्ता गरेर प्रमाण पत्र प्रदान गरिने वलीले बताए । अनलाइन मार्फत सेवा भएपछि सेवामा सहजता हुने सरकारको अपेक्षा रहेको जनाइएको छ । अनलाइन मार्फत काम भएमा सरकारले दैनिक रुपमा दर्ता भएको तथा बन्द भएका उद्योगका बारेमा सहजै जानकारी लिन सक्ने भएको छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना