प्रिया स्मृती गजमे,लमही
१६ साउन/ लमही नगरपालिका वडा नम्बर १ मा व्यक्तिको प्लटिङमा जानका लागि पक्कि कल्भर्ट बनेको छ । तर त्यहि वडाका शितलापुर, बसन्तपुर तिर पहाडी भेगका स्थानीय सफा स्वस्च्छ खानेपानीको पहुँच बाट टाढा छन । लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले आर्थिक वर्ष ७६/७७ मा विनियोजन गरेको ९ लाख रुपैयाँ खर्चेर पाँच गाउँले कुलोमा ब्यक्तिको प्लटिङमा जाने पक्की कल्भर्ट निर्माण गरेको हो । कल्भर्ट निर्माण गरेको स्थानलाई पाँच गाउँले कुलो भनिन्छ ।


                                                                         बिज्ञापन
   




उक्त कुलाको पानीले किसानले खेतबारीमा सिंचाई गर्ने गर्छन् । कुलो देखि पल्लो तर्फ कुनै बस्ति छैन र निकास पनि छैन । कल्भर्ट सिधा व्यक्तिको प्लटिङमा जग्गालाई छोएर निर्माण गरिएको छ । यहि बितेको आर्थिक वर्षमा निर्माण सम्पन्न भएको कल्भर्टको उत्तरतर्फको पंखा भत्की सकेको छ । वडाको ९ लाख रुपैयाँ बजेटबाट निर्मित उक्त पक्की कल्भर्ट ब्यक्तिगत स्वार्थ प्रयोजनका लागि बनाईएको देखिन्छ । कल्भर्ट निर्माण गरेको दक्षिण तर्फ स्थानीय सुधिर चौधरीले बिक्रि गरेको जग्गामा जग्गा व्यवसायीहरुले प्लटिङ गरेका छन ।


पाँच गाउँले कुलाको दक्षिणमा खगेश्वर खनालको ‘खनाल पोल्ट्री फर्म’ छ । उत्तरमा अन्य स्थानीयका खेतियोग्य जमिन छ । कुलोमा कल्भर्ट निर्माण त भयो तर फाइदा भन्दा नोक्सानी बढी भयो । कुलामा आएको बाढीले फर्ममा हाल सम्म पु¥याएको क्षति र अब हुने क्षतिको जिम्मेवारी वडा कार्यालय र लमही नगरपालिकाले लिनु पर्ने कुखुरा ब्यवासारी खनालले बताए ।

कुलोमा कल्भर्ट निर्माण हुँदा कुलाको पानीलाई डाइभर्ट गरि प्लटिङ गरेको जग्गा हुँदै खनाल पोल्ट्री फर्मको नजिकैबाट तर्काईएको छ । जसले गर्दा कुलामा आएको बाढी कुखुरा फर्ममा पस्यो र फर्मलाई ठूलो क्षति पु¥यायो । फर्म संचालक खनालको कुखुरा फर्ममा कुलाको पानी अनियन्त्रितभै पस्दा कुखुरा मर्नुका साथै खोरमा क्षति समेत पुगेको छ । कुलामा आउने बाढीको तीव्र बेगले खनाल पोल्ट्री फर्मलाई छुन करिब तीनचार हात बाँकी छ । कुलाको पानीलाई निकास गर्न जेसीबी लगाएर खनेको स्थानमा पुनः माटो फिलिंग नगरेको हुँदा पोल्ट्री फर्मनै जोखिममा परेको छ ।

तर व्यक्तिको प्लटिङ गरेको ठाउँमा भने माटो फिलिंग भैसकेको छ । खनालले खोरमा क्षति पुगेपछि न्यायका लागि लमही नगरपालिकासंग हारगुहार मागे । न्यायिक समितिमा छलफल भयो, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलले भोलिबाटै काम सुरु गर्छु भने तर हालसम्म काम भएको छैन ।असार महिनामा उक्त पाँच गाउँले कुलोमा बाढी आएर खनालको तारजाली र पोल बगाई दिएको छ । धान खेत पुरिदिएको छ । लमही नगरपालिकाबाट कल्भर्ट भनेको स्थानमा पटक–पटक अनुगमन हुने काम भए पनि अनुगमनमै सिमित बनेको छ । लमही नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक देबका बेल्बासेले बजेट अभाव भएकोले काम गर्न नसकेको प्रतिक्रिया दिइन् ।

प्रतिकृया

प्रतिकृया