घोराही,
२४ साउन/ भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको विरुद्धमा आज दाङमा प्रर्दशन भएको छ । सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बसोबासीले जग्गा धनी लालपूर्जा पाउने बेलामा बर्तमान सरकारले आयोग नै खारेज गरे पछि पछिल्लो समय बिरोध प्रर्दशन हुदै आएको छ ।

नेपाल भूमिहिन सुकुम्बासी संगठन घोराही उपमहानगरपालिका कमिटिले आज घोराहीमा बिरोध प्रर्दशन गर्दै तत्काल निणर्य सच्याउन माग गरेको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बर्तमान सरकारले राजनितिक प्रतिशोध साध्न लाखौ भूमिहिन सुकुम्बासीको अधिकार खोसेको बताएका छन।

केपि ओली नेतृत्वको सरकारले आयोग गठन गरेर भूमिहिन सुकुम्बासीलाई जग्गा दिने कामलाई अन्तिम रुप दिदै गर्दा परिर्बतन भएको सरकारले राजनितिक प्रतिशोध साध्न आयोग खारेज गर्नु गलत भएको उनको भनाई छ ।

कार्यक्रममा बोल्ने नेकपा एमालेका नेता तथा भूमिहिन सुकुम्बासी संगठनका नेताहरुले आयोग नै खारेज गर्नु दुखी गरिबको विपक्षमा भएको भन्दै निणर्य सच्याउन माग गरेका छन् ।

उता तुलसीपुरमा पनि आज विरोध प्रर्दशन भएको छ । प्रधानमन्त्री सेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यकर्ता भर्ति केन्द्र गराएको भन्दै आयोग नै खारेज गरेको थियो ।

प्रतिकृया

प्रतिकृया