काठमाडौं
२५-साउन/ सुनको मूल्य सोमबार चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको मुल्य सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । गत वर्षको चैत २६ अघि पनि यही मूल्य बराबरमा सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा ओरालो लागेको छ ।


                                                                         बिज्ञापन
   



आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।

प्रतिकृया

प्रतिकृया