पाल्पा
३० साउन/
पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका-६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया