तुलसीपुर
१२ भदौ/ लुम्बिनी प्रदेशको गार्मेन्ट उद्योग तथा व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशन घोराहीमा सम्पन्न भएको छ ।अधिवेशनले धनबहादुर रसाइलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो ।

समितीको उपाध्यक्षमा सुवास सिंह रावल, सचिवमा रमेश घिमिरे, सहसचिवमा बालिका वली, कोषाध्यक्षमा भ्युराज थापामगर रहेका छन् भने सदस्यहरुमा ठगुप्रसाद भण्डारी, तेजबहादुर केसी, गेटकुमार सार्की, इन्द्रबहादुर वली, अजय नेपाली र प्रसाद रसाइली चयन भएका छन् ।

धन बहादुर रसाइलीको अध्यक्षतामा भएको उक्त अधिवेशन तथा साधारणसभाको उद्घाटन कार्यक्रममा संघका सल्लाहाकार देवप्रसाद पुन, नेपाल पत्रकार महासंघ रोल्पा शाखा उपाध्यक्ष सन्तोष शर्मा, पत्रकार गोविन्द्र खड्का लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । सुवास सिंह रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रमेश घिमिरेले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया