तिर्थराज ज्ञवाली, मसुरीया
१३-भदौ/ राप्ती गाउँपालिका क्षेत्रका २ स्वास्थ्य चौकीको न्युनतम सेवाको मापदण्ड निर्धारण गरिने भएको छ । आइतबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकीको न्युनतम सेवाको मापडण्ड निर्धारणका विषयमा अभिमुखीकरण गरिएको हो ।


                                                                         बिज्ञापन
   



राप्ती गाउँपालिका क्षेत्रमा रहेको सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीको सेवामा थप प्रभावकारीता ल्याउनका लागि अभिमुखीकरण गरिएकोे हो । न्युुनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकिएमा स्वास्थ्य चौकीहरुको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सुचांकहरु माथि उकास्न सकिने हुनाले स्वास्थ्य संस्थाको न्युनतम सेवा मापडण्ड मापन गर्न आवश्यक रहेको बताइएको छ ।

स्वास्थ्य सेवाहरूको व्यवस्थापन सुदृढीकरण मार्फत सेवाहरुको गणुस्तर सुनिश्चितताका लागि निर्धारित न्यूनतम सेवा मापदण्ड सम्बन्धी जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २५ को उपदफा (२) र दफा २७ को व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य संस्थाको न्युनतम सेवा मापडण्ड कार्यान्वयन कार्यविधि २०७७ अनुसार स्वास्थ्य संस्थाको न्युनतम मापडण्डबारे सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, स्वास्थ्य शाखा संयोजक नारायण रावत लगायतको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको स्वास्थ्य कार्यालय दाङका अर्चना अर्याल, हरी जंग रायमाझी र सिता कुवरले सहजीकरण गरेका थिए ।

सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीका कर्मचारी तथा सेवाग्राही बिच समन्वय गरी न्युनतम सेवाको अवस्थाको बारेमा अनुगमन समेत गरिने भएको छ ।

प्रतिकृया

प्रतिकृया