घोराही,
१७-भदौ/ दाङमा बाढीले गाडी बगाउँदाब २ जनाको मृत्युभएको छ भने दुई जना बेपत्ता भएको छन् । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउदा एकै घरमा दुई दिदिबहिनीको मृत्युभएको हो भने अन्य दुई जना महिलालाई बाढीले बेपत्ता बनाएको छ ।


                                                                         बिज्ञापन
   



चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो । घटनामा परि घोराही १३ का ३२ बर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० बर्षीया राधा श्रेष्ठ कुवरको शब फेला गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन । घटनामा घोराही १३ का ४०बर्षीया रितामाया पुन र घोराही १४ का ४२ बर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रतिकृया

प्रतिकृया