दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

दाङ
१८-भदौ/ कोरोना संक्रमणको दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीयतहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकालाई संक्रमणबाट जोगाउन भने चुनौती छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



संक्रमणको जोखिम रहिरहेकाले व्यवस्थापन पक्षलाई बलियो बनाएर मात्र भौतिक रूपमा कक्षा सञ्चालन गर्न विज्ञहरूको सुझाब छ । अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका छन् ।

कोरोना संकट मूल्यांकन गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा स्मार्ट लकडाउनलाई अनुशरण गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्दै छन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले कोरोनाको जोखिम कहिलेसम्म रहने टुंगो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न सहजीकरण गर्ने जानकारी दिएका छन् ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना