रोल्पा
१८-भदौ/ रोल्पाको थवाङ गाउँपालिकाको थवाङखोलामा पुल नहुँदा नागरिकलाई बर्षायामको समयमा ओहोर दोहोर गर्न समस्या भएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले पुल निर्माणको काममा ढिलाई गर्दा थबाङका जनता मर्कामा छन् ।


                                                                         बिज्ञापन
   



थवाङ खोलामा पुल नहुँदा बर्षाको समयमा समस्या हुने गरेको स्थानीय ताराप्रसाद रोकामगरको भनाई छ । गाउँबासीको समस्यालाई मध्यनजर गर्दै पुल निर्माण थालिएको पनि थियो । तर पुल समयमा नै निर्माण हुन सकेको छैन । सवारी साधन चलाउन देखि नागरिक हिड्न र खाद्याान्न ढुवानीमा समेत समस्या हुने गरेको थबाङका स्वर्णीम रोका मगरले बताउनुभयो । सहिद मार्ग सडक परियोजना र सैलुङ एसबिए इलाट जेभी ललितपुर बीच २०७३ साल असार ३० गते पुल निर्माणका लागि १२ करोड ७४ लाख ६६ हजार १ सय २० रुपैयाँमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७५ पुष २९ मा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने हो । तर सहिद मार्ग सडक परियोजना रोल्पाका प्रोजेक्ट म्यानेजर विष्णु पाण्डेले भने कोरोनाका कारण काममा ढिलाई भएको बताए । यो पुल निर्माणकै लागि हालसम्म सरकारले २ पटक समय थप गरेको छ ।

अन्तिम पटक थपेको समय पनि गत असारमै सकिएको छ । निर्माणमा ढिलाई हुँदा नागरिकले सहज यात्रा गर्न पाएका छैनन् भने गाउँमा उत्पादित कृषि सामग्री बिक्रिका लागि बजार पठाउन समेत समस्या भएको छ ।

प्रतिकृया

प्रतिकृया