घोराही,
१९ भदौ/ हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा शनिबार घोराहीमा ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोख्रलले समाजमा चलिआएका रितिरिवाज तथा संस्कृति संरक्षणका लागि मिडीयाको भुमीका महत्वपूर्ण हुने बताए । पूजिवादी सस्कृति भित्रिएको भन्दै आफुभित्रको दायित्व भुल्न नहुने उनको भनाई छ ।

मिडीया मार्फत समाजलाई सकारात्मक दिशातिर लैजाने विषयलाई प्राथमीकता दिनुपर्ने उनले बताए । तिज पर्वलाई सम्मानित ढङ्गले मनाउनुपर्ने भन्दै आधुनिकताको बहानामा विकृति फैलाउने भन्दा पनी सस्कृति संक्षणमा लाग्नु पर्ने उनको भनाई रहेको थियो । यसैगरी कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य सरद अधिकारीले पर्वको नाममा भए गरेका क्रियाकलापहरुलाई मनन् गर्न आवस्यक रहेकोमा जोड दिएका थिए ।

पछिल्लो समय तिज गितको नाममा व्यापार बढेको भन्दै त्यस्ता विषयलाई रोक्न मिडीया कार्फत आवस्यक रहेको बताए । समाजमा परम्परागत रुपमा रहेका वैज्ञानीक विषयलाई मिडीया मार्फत संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ ।यस्तै पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पर्वका नाममा भएका विभेदका विषयहरुलाई उजागर गर्नुपर्ने बताए । यसैगरी सल्लाहकार लक्ष्मी आचार्यले बोलिएका विषयलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आवस्यक रहेको भन्दै कतिपए तिज पर्वका पुराना क्रियाकलापहरुलाई नया पुस्ताले स्वकार गरेको हुँदा सकारात्मक पक्षलाई मात्र अंगाल्नुपर्ने बताइन् ।

‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषय माथि सस्कृतविद् शुष्मा शर्मा (घिमीरे) र किशोरचन्द्र गौतले समिक्षा गर्दै विचार प्रदान ढङ्गले भाषण भन्दा पनि कार्यान्वयनको पाटो बलियो हुनुपर्ने बताए । पर्वका नाममा भएका सकारात्मक पक्षलाई संरक्षण गर्दै नकारात्मक पक्षलाई रोक्नुपर्ने बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका सदस्य यमकला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव दिप्ती शिखा चौधरीले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया