देउखुरी
१९ भदौ/ अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेर उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


                                                                         बिज्ञापन
   



प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे घर नजिकैको कुलोमा अढाई माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमान-श्रीमती दुबैजना पुगेका थिए । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया