शंकर केसी,सल्यान,
२० भदौ/ सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने कांगेन मेसिन जडान गरिएको छ । यो मेसिनले छरितो र सहज रुपमा सात प्रकारको फरक फरक विशेषता र गुण भएको पानी  निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई वटा, कपुरकोट, त्रिवेणी र शारदा नगरपालिकामा एक एक वटा कांगेन मेसिन जडान गरिएको परिवर्तन सप्लायर्सले जनाएको छ ।


                                                                         बिज्ञापन
   



कपुरकोट गाउँपालिकाको वडा नम्बर १ दहवनमा जडान गरिएको कांगेन मेसिनको शनिबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका थिए । कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले पानी  पिउन योग्य भएन भने धेरै किसिमका रोगहरु लाग्ने भएकाले शुद्ध पानीको प्रयोगमा जोड दिए ।

गाउँपालिकाले विभिन्न मुहानको पानीको  परिक्षण तथा शुद्धता जाँच कार्यक्रम गरेको जनाउदै यस वर्ष पनि खानेपानी तथा सरसफाई योजना अघि सारिएको जानकारी गराए । यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट १ मा साधारण पानिलाई पनि छानेर शुद्ध र स्वछ बनाउने मेसिन जडान भएपछी यहाँका ६० घरधेरीले यसको उपभोग गर्न पाउने भएका छन् । शुन्य लगानिमा ६० घरधेरीले कांगेन मेसिनले प्रशोधन गरेको पानी प्रयोग गर्न पाउने भएको परिवर्तन सप्लायर्सका निमित्त प्रवन्धक निराजन विकले बताए । एउटा मेसिनको मुल्य पाँच लाख १० हजार रहेको छ भने जडान गर्दा करिव २२ हजार रुपैयाँ खर्च भएको छ ।

यो खर्च परिवर्तन सप्लायर्स र डिजिटल टेक्नोलोजि नेपालले ब्यहोरेको विकले बताए । जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वास्थ बनाउनका साथै पिउन योग्य बनाउने उनको दाबी छ ।

मेसिनबाट प्रशोधित पानी  वितरण र आवश्यक समन्वय तथा सहजिकरणका लागि एक जना सहजकर्ता पनि नियुक्त गरिएको परिवर्तन सप्लायर्सका रोशन केसीले जनाए । मेसिन उद्घाटन कार्यक्रममा उनले कांगेन मेसिनबाट प्रशोधित पानीले विभिन्न सर्ने तथा नसर्ने रोगहरु ब्लड प्रेसर, वाथ रोग, ग्याष्ट्रीक, अलसर, क्यन्सर जस्तो रोग निको बनाउन समेत मद्दत गर्ने दाबी गरिएको थियो ।

सल्यानमा तत्काल थप आठ वटा मेसिन जडान गर्न लागिएको पनि केसीले बताए । पाँच वर्षको वारेन्टी रहेको यो मेसिन १५ देखी २० वर्ष सम्म प्रयोग गर्न सकिने उनले बताए । उनका अनुसार मेसिनमा प्लाटिनियम कोडेड र टाइटानियम प्लेट जस्ता महंगा प्लेटहरु र चुम्बकिय शक्ति जडन गरिएको हुन्छ । प्लाटिनियम कोडेड र टाइटानियम प्लेट सुन भन्दा पनि दुई गुणा महंगो धातु भएको बताइन्छ ।

प्रतिकृया

प्रतिकृया