प्रिया स्मृती गजमेर
सामाजिक अभियान्ता द्रोपदा पौडेल । उनको जन्म २०११ मा प्यूठानको बागदुलामा बुवा लङप्रसाद कक्षपति र आमा राममाया कक्षपतिको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएकी हुन् । पौडेल सानै उमेर देखि हक्की स्वभावकी थिइन । उनी छोरी भएर जन्म लिएपनि एकदमै साहसी र निडर थिईन । उनको वाल्यकाल प्युठानको बागदुला मै बितेको थियो । घर परिवारसंग बसेर पढ्दै, घरको काम गर्दै रमाईलोसंग आफ्नो वाल्यकाल बितेको उनी बताउँछिन् । वाल्यकालमा आफु शान्त स्वभावको भएको बताउँदै उनी घरमा आमाबुवादेखि विद्यालयमा शिक्षकले पनि सन्तोषी छ भनेर उती बेला भन्ने गरेको उनी सुनाउँछिन् । सानो उमेरमा आफुले घरमा आमालाई काममा सघाउनेदेखि पढ्न खुबै रुचाउने गरेको उनी सुनाउँछिन् । अहिले पनि आफ्नो स्वभाव शान्त रहेको द्रोपदा हाँस्दै भन्छिन् ।


                                                                         बिज्ञापन
   



उनी आठ बर्षको उमेरबाट पढाई सुरु गरेकी हुन् । प्यूठानमा रहेको बागदुला जनता माविबाट कक्षा एकदेखि पढाई सुरु गरेकी उनी त्यही स्कुलबाट २०२८ सालमा एसएलसी पास गरेकी हुन् । त्यसपछि उनी उच्च शिक्षाको लागि आमा बुवाको आग्रहमा भारतको बनारशमा पढ्न गईन । र बनारसको वसन्त महिला महाविद्यालयबाट आइए पास गरिन् । उनी विगत ४० बर्ष देखि दाङको लमहीमा परिवारसंग बस्दै आएकी छिन् ।

समाज सेवा गर्ने सपना
द्रोपदा सानै उमेरदेखि समाज सेवा गर्न रुचाउँथिन । सामाजमा असल र सत्य भावनाले सबै वर्गलाइ समेटेर सामाजिक सेवा गर्ने मेरो चाहना भएको उनको भनाई छ । ‘मैले धेरै संघ सस्थाबाट समाजलाई प्रत्यक्ष सेवामूलक कार्यक्रमहरु गरेकी छु उनी भन्छिन्’ म पनि एक महिला भएको नाताले महिलाहरुलाई प्रत्यक्ष प्रतिफल हुने गरि बिशेष कार्यक्रमहरुलाई प्राथमिकता दिने गरेको उनले सुनाईन् । आफुले सामाजिक सेवा गर्दै राजनीतिक विद्यार्थी जीवनबाट अग्रसर हुँदै आएको उनको भनाई छ । केही समयदेखि स्वास्थ्यमा समस्या भएकाले सामाजिक कार्य गर्न नसकेको उनको भनाई छ ।

वैवाहिक जीवन
द्रोपदा पौडेलले २०३० सालमा प्रेम विवाह गरेकी हुन् । उनी अध्ययनको शिलशिलामा बनारस गएको समयमा २०३० सालमा ईन्डियाको सारनाथ बुद्ध मन्दिरमा भएको थियो । उनको परिवारमा अहिले उनका श्रीमान सहित ३ भाई छोरा, दुईवटा छोरीहरु र बुहारीहरु, नातिनातिना छन् । अहिले सबै छोराछोरीहरुको विवाह भइसकेको छ । अहिले पौडेलका छोराहरुले व्यापार व्यवसाय गर्दै आएका छन् भने द्रोपदा घरमै बस्ने गरेको बताउँछिन् ।
जीवन अनुभवै अनुभवको सङ्गालो रहेको उनी बताउँछिन् । आफ्नो जीवनको बहुमूल्य क्षणहरुलाई अर्थपूर्ण गराउनको लागि प्रत्येक दिन, प्रत्येक पलको उपयोग गर्नुपर्ने उनको भनाई छ । आफ्नो आत्मामा ईश्वरको विश्वास र साक्षी राखि प्राकृति र समाजका सबै अङ्गलाई टेवा पुग्ने गरि कार्य गर्नुपर्ने उनी बताउँछिन् । अबको जीवन परिवारसंग रमाउँदै समाज सेवा गर्ने चाहाना रहेको उनी बताउँछिन् ।

राजनीति र समाज सेवामा रुचि
२०७४ मा स्थानीय चुनावमा माओवादी केन्द्रबाट लमही नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेकी थिइन् । त्यस्तै नागरिक समाज देउखुरीको संयोजक बनेर महत्वपूर्ण भूमिका समेत निर्वाह गरेकी थिइन् । सामाजिक संघ संस्थामा सक्रिय भएर काम गरेको कारण पौडेल देउखुरी क्षेत्रमा चिरपरिचित छिन् । उनी माओवादी केन्द्र पार्टीभित्र पनि राम्रो छबि भएको नेताको रुपमा चिनिन्छिन् । पार्टीमा गरेको योगदानले गर्दा नै स्थानीय निर्वाचनमा मलाई उम्मेदवार बनाएको हो, उनि भन्छिन् ।

अहिले उनी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको सदस्य, दाङ्ग जिल्ला सल्लाहकार भएर पार्टीलाई सहयोग गरिरहेकी छन् । उनको राजनीतिक यात्रा भारतको बनारसदेखि सुरु भएको स्मरण गर्दै जीवन साथि पनि सोहि ठाउँबाट चुनेको बताउँ छिन् । उनी भन्छिन् हाम्रो विवाह कम्युनिष्टका नेता स्वर्गीय पुष्पलाल श्रेष्ठले नै गराई दिएका हुन् । पुष्पलाल श्रेष्ठबाट प्रेरित भएर नै आफुले राजनीतिक सुरु गरेको सुनाईन । कहिले अवसर पाए, कहिले अवसर पाएर गुमाए यहि नै जीवनको एक सम्झन लाएक क्षण भएको छ उनि भन्छिन् । पछिल्लो समय स्वास्थ्यमा समस्या आएका कारण भारतमा उपचार गराई रहेकी छन् । छिटो निको भएर फर्किनेछु र फेरी जनताको सेवामा लाग्ने उनले बताइन् । मेरो जीवनको अन्तिम सास रहुन्जेल म सामाजिक कार्यमै रहनेछु, मेरो लागि सामाजिक कार्य नै सबथोक हो उनले भनिन् ।

प्रतिकृया

प्रतिकृया