दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

किशोरी समुहको संयोजकमा : सुनार
लक्ष्मण बस्नेत, तुलसीपुर

२१-भदौ/ दाङको शान्तिनगरमा महिला तथा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी दुई दिने तालिम आज सोमबार जुम्लेकुलामा सम्पन्न भएको छ । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाले संचालन गरेको बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने, हिंसाका किसिमहरु के-के हुन, आत्म अनुशासनमा कसरी बस्ने र परिस्थिति जन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईएको थियो । गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरी ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका थिए ।

यसैबिच तालिमको समापन समरोह समाजमा वातावणिय शिक्षाको विकास सिड संस्थाका कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका ४ का अध्यक्ष धन बहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष केसीले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्त्वपूर्ण भएको बताए ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

आफूसंग भएको सिप, स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला हो, सिकेको सीपलाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्त्वलाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो । साथै उनले वडा स्तरमा आत्मरक्षा सम्बन्धी बृहत तालिम संचालनका लागि आफूले तयारी थालेको समेत बताए । सो अवसरमा प्रशिक्षक लक्ष्मण बस्नेत, सहभागी शुस्मा सुनार, सजना बोहरा, ईश्वरी घर्तीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

यसैबिच सोही अवसरमा शुस्मा सुनार संयोजक रहेको शान्तिनगर गाउँपालिका स्तरिय २१ सदस्यीय किशोरी समूह समेत गठन गरिएको छ । कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको विकास सिड संस्थाका सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना