तुलसीपुर
२८ भदौ / दाङमा एक जना व्यक्तिको नदीमा डुबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरी का १९ वर्षका आशिष चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनको आइतबार दिउँसो साथीसँग नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।