प्रिया स्मृती गजमेर, लमही
२८-भदौ/ राजपुर गाउँपालिका वडा नम्बर २ का सुकलाल विश्वकर्मालाई यतिबेला भ्याई नभ्याई छ । उनि पेशाले आरन मिस्त्री हुन् । शुकलालले फलामबाट विभिन्न प्रकारका घरेलु औजारहरु बनाउने काम गर्छन् । नजिकका मान्छे घरमै आएर अर्डर गर्छन् भने टाढा टाढाका मान्छेले फोन मार्फत आफुलाई चाहिने औजारको अर्डर गर्ने गर्छन् ।


                                                                         बिज्ञापन
   




उनले बनाएका खुकुरी, दाबु, गरासि, चुलेसि, बसुलो, बञ्चरो, फरूवा, खुर्पा, हसियाँलगायतका घरेलु औजारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न गाउँ र सहरसम्म पुग्ने गर्दछन् । यो काममा वुद्धि र बलको प्रयोग गर्नुपर्छ, फलाम पिटर औजारको रुप दिन निकै गाह्रो हुन्छ’– शुकलालले भने । यो पेशामा लागेको झन्डै १५ वर्ष बढी भयो, उनको ११ जनाको परिवार यहि पेशाले उनको घरपरिवार पालिएको छ ।

फलाका औजार विक्रिबाट शुकलालले खर्च कटाएर मासिक ४० हजार देखि ६० हजार सम्म बचत हुने गरेको बताए । उक्त काममा उनलाई छोराले पनि सघाउने गर्छन् । उनको पसलमा सामान्यतया २ हजारदेखि ३० हजारसम्मका खुकुरी पाइन्छन। विभिन्न आकार र प्रकारका ति खुकुरीहरू प्राय खसी, बोका राँगाको मार हान्नका लागि मानिसले प्रयोग गर्ने गर्छन् भने कसैले आफ्नो सुरक्षाका लागि लैजाने गर्छन त् कसैले आफ्नो शौक पुरा गर्न (घरमा सजाएर राख्न) लैजाने गरेको उनको भनाई छ । सानो साइजको खुकुरी त एक दिन मै तयार हुन्छ तर ठूलो साइजको खुकुरी बनाउनका लागि माग आयो भने कम्तिमा पनि ५÷६ दिन लागिहाल्छ, किन भने जस्तो पायो त्यस्तै बनाएर दिन पनि भएन ।


ग्राहकको मन जित्ने खालको बनाउने पर्यो जसले गर्दा केहि दिन त लागि हाल्छ उनले भने ।पहिले घरेलु औजारको मूल्य थिएन कच्चा पदार्थ सास्ती मूल्यमा पाइन्थ्यो, अहिले यी औजारको महत्व बढ्दै गयो, कच्चा पदार्थको मूल्य पनि आकाशिदै गयो। सामुदायिक वन भएकोले फलाम तताउन प्रयोग गरिने कोइला पनि त्यति सहजै पाइदैन । भनेको बेला कोइला पाइदैन, फलामको मूल्य बढेको बढ्यै छ जसले गर्दा आरन पेशा जोगाउन गाह्रो भएको उनको बुझाई छ । पछिल्लो पुस्ताहरु यो पेशाप्रती आकर्षित नहुँदा कतै लोप हुने हो कि भन्ने चिन्ता सुनाउ छन् उनी । यस प्रकारका उद्योग कलकारखानालाई राज्यले लगानी गरेर प्रद्र्धधन गर्न आवश्यक भएको शुकलालको भनाई छ । साथै बजार ब्यवस्थापनमा पनि सहजीकरण गरि दिए राम्रै हुन्थ्यो’– उनले भने ।

शुकलाल अब उद्योग दर्ताको प्रक्रिया छन् । घरेलु औजार बनाउने काम हो, कतैबाट अवरोध नहोस् भनेर पनि दर्ता गर्नुपर्ने भएको छ उनले भने । दर्ता भएपछी राज्यलाई पनि कर तिरिन्छ आफ्नो ब्यवसाय पनि ढुक्कले गरिन्छ उनी भन्छन् । अहिले उनीसंग फलाम तताउन र धार मिलाउने मेशिन छैन । त्यस्तै दाब सिलाउने मेसिनको पनि समस्या थियो । मेसिन नहुँदा घोराही लमही जानू पथ्र्यो ।


अहिले शुकलाललाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत दाब सिलाउने मेसिन प्रदान गरेपछि एउटा समस्या भने हल भएको छ । ‘मेसिन हस्तान्तरण गरेपछि समय र खर्चमा बचत भएको छ । उहाँको सीप र क्षमतालाई मध्यनजर गरेर हामीले अहिलेलाई दाब सिलाउने मेसिन प्रदान गरेका छौं’– मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम राजपुरका संयोजक गिरीराज भट्टले भने । मेसिन प्राप्त गरेपछी उहाँलाई धेरै सहज भनेको भट्टले भने ।

सुरुमा उनी शिक्षण पेशामा आवद्ध थिए । गाउँ नजिकैको विद्यालयमा करिब तीन वर्ष सेवा गरे । उनकै पहलमा २०४९ सालतिर सोमैथान प्राथमिक विद्यालय शुरूवात भएको थियो । ३ वर्षसम्म उक्त विद्यालयमा अध्यापन गराए तर स्थायी हुने छाट्काट नदेखे पछि शिक्षण पेशा छोडेर आरन पेशातिर लागे । जेहोस् त्यो पेशा छोडेर राम्रै गरेछु जस्तो लाग्छ’– उनले भने ।

प्रतिकृया

प्रतिकृया