दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

काठमाडौं
२८-भदौ/ आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाली टिममा पीएनजीसँगको टोलीमा कुनै परिवर्तन गरिएको छैन ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



अमेरिकन टिममा भने जोन्सको स्थानमा १८ वर्षिय युवा अलराउन्डर सन्जय कृष्णमुर्तीलाई टोलीमा स्थान दिइएकाके छ । उनको यो अमेरिकन टिमबाट डेब्यु खेल हो । नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भइसकेका छन् । जसका कारण टिमको मिडिलअर्डरमा केहि सन्तुलन नमिल्ने हो की भन्ने चिन्त बढेको छ ।

त्यस्तै अमेरीकी टिममा पनि अन्तिम समयमा दुई खेलाडीले चोट बोक्दा टिम बाहिर भएका छन् । उसका मध्यक्रमका खेलाडी आरोन जोन्स र तेज गतिका बलर जेसी सिंह चोटका कारण टिम बाहिर छन् । यसपटकको अमेरिकी टिममा प्रशिक्षकसहित केहि खेलाडी परिवर्तन भएका छन् । नेपालले जस्तै अमेरिकाले पनि यो सिरिज अगाडी पीएनजीविरुद्ध दुई मैत्रीपुर्ण खेलमा जित निकालेको थियो ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो । अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै समेटेको थियो । उक्त खेल नेपालले ५२ ओभरमा दुई विकेट गुमाएर जितेको थियो । अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै समेटियो ।

आजको खेलमा नेपालका लागि सन्दिप लामिछाने नै मुख्य हतियार हुनेछन । भारत पाकिस्तान, वेष्ट इन्डिजका खेलाडीलाई सम्मिलत गरेर अमेरिकी टिम तयार भएको छ ।
नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना