सल्यान,
२८ भदौ/ सल्यानको कपुरकोट गाउँपालिकामा सोमबार स्वास्थ्य तर्फको वार्षिक प्रतिवेदन सहितको प्रोफाइल सार्वजनिक गरिएको छ भने समिक्षा गोष्ठी समेत शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आर्थिक वर्ष २०७७।०७८ मा स्वास्थ्य क्षेत्रमा भएको समग्र विवरण समेटिएको स्वास्थ्य प्रोफाइलको विमोचन गरेका हुन् ।


                                                                         बिज्ञापन
   



सो अवसरमा बोल्दै उनले पालिकावासीको स्वास्थय स्थितिमा सुधार ल्याउने उद्देश्यले आफुहरुले काम गरिरहेको बताए । स्वास्थ्य संस्थाहरुको अनुगमन, सुपरिवेक्षण, स्वास्थ्यकर्मीहरुको मिहेनत तथा पालिकाको सहयोगबाट स्वास्थय सेवालाई प्रभावकारी बनाउनका लागि आफुहरु तत्पर रहेको अध्यक्ष सेनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकी र २ वटा आधारभुत स्वास्थ्य केन्द्रले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन् । पालिकाभित्रका स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण गर्ने, स्वास्थ्य सेवामा देखिएका कमजोरीको पहिचान र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्षमा पुग्न मार्ग पहिचान गर्ने तथा प्रमुख स्वास्थ्य सुचकहरुको प्रगति समिक्षा गर्ने लगाएतका उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य संयोजक अरुण ददाहालले जानकारि दिए ।

समिक्षा गोष्ठीमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चीत हुन नहुनेमा जोड दिदै यसका लागि सबै पक्षको समन्वय हुनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले समिक्षा गोष्ठीले स्वास्थ्य संस्थाका व्यवस्थापक तथा स्वास्थयकर्मीहरुलाई स्वास्थ्य सेवाको गुणस्तर सुधारर पद्धतिको बोध गराउने विश्वास व्यक्त गरे ।

कपुरकोट गाउँपालिकाले २० हजार ६७६ जनसंखयालाई ६ वटा स्वास्थ्य संस्था, १४ वटा गाउँघर क्लिनिक, १८ वटा खोप क्लिनिक, ४ वटा वर्थिङ सेन्टर तथा एउटा आयुर्वेदिक औषधालयबाट सेवा प्रवाह गर्दै आइरहेको स्वास्थ्य शाखाका सि.अहेव सुवाश हमालले जनाए ।

प्रतिकृया

प्रतिकृया