दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही,
२८ भदौ/ मोहन बैद्य किरणले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी) दाङले नेपाल राष्ट्रका विरुद्ध हुने सबैखाले चलखेल र असमान सम्झौता बन्द गर्न सरकारको ध्यानआकर्षण गराएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



सो पार्टीको जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय दाङ आज मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त पत्र पठाउदै विषेशगरी अमेरिकी सहयोग परियोजना एमसीसीलाई कुनै पनि हालतमा संसदबाट पारीत नगर्न ध्यानआकर्षण गराएको हो । पार्टीका सेक्रेटरी नरेन्द्र बन्जाडेले हस्ताक्षर गरेको पत्रमा एमसीसी परियोजना पारित गराउन एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आई दिएको दवाव प्रति आपत्ति प्रकट गरिएको छ ।

यस प्रकारका नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वाभिमान माथी आँच आउने कुनै पनि अबान्छित गतिबिधी स्विकार्य छैन् पत्रमा उल्लेख छ । तसर्थ यस्ता चलखेल, हस्तक्षेप पूर्णरुपमा बन्द गर्न र एमसीसी परियोजना सदाका लागि खारेज गर्न जोडदार माग गर्दछौ ध्यानअकर्षण पत्रमा भनिएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना