काठमाडौ
२९ भदौ/ आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि शुरुहुने छ ।


                                                                         बिज्ञापन
   



नेपालले अमेरिकाविरुद्ध सोमबार जित हात पार्दै सिरिजमा विजयी शुरुवात गरेकाले यस्तै प्रदर्शनको निरन्तरता दिने लक्ष्यका साथ हुँदा नेपाललाई रोक्ने रणनीति घरेलु टोलीको हुने छ । नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अमेरिकाविरुद्ध नेपाललाई जित दिलाउन मुख्य भूमिका खेलेका कुशल भुर्तेल, रोहित पौडेल, विनोद भण्डारीको ब्याटबाट रनको अपेक्षा गर्दा सन्दीप लामिछाने, बिक्रम सोबको बलिङबाट पनि उस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्रले अमेरीकालाई ५ विकेटले हराएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको जितले टिमको मनोबल उच्च बनाएको र अझैपनि टिममा केहि सुधार गर्ने ठाँउ रहेको बताएका छन् ।

अमेरिकासँगको खेल पछि अझै कमजोरी देखिएका ठाउँहरुमा सुधारेर अबको खेलमा अझ राम्रो गर्ने बताए । उनले टिमको ब्याटिङ र बलिङको कम्बिनेसरमा केहि लुप होल रहेको र त्यसलाई मजबुत बनाउनुपर्ने उनले बताए । यसका साथै उनले ओमान टिम अझै बलियो रहेको र त्यो टिमविरुद्ध पिचको कन्डिसन हेरेर टिम बनाउने बताए ।

प्रतिकृया

प्रतिकृया