दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही
२-असोज/ घोराही उपमहानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा आज शनिबार कटुवा र सेवार खोलाको सफाई गरेको छ । खोलाहरुमा जथाभावी रुपमा फालिएका फोहोर संकलन गर्दै त्यस भेगका नागरिकहरुलाई सचेत पारिएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



जथाभावी रुपमा फोहोर फाल्दा त्यसले पानी दुषित गर्ने र त्यही पानी नागरिकहरुले प्रयोग गर्दा अनेक रोगहरु लाग्ने भएकाले पानीको शुद्धता कायम राख्न खोलाको सफाई गरिएको हो । घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाको आयोजनामा गरिएको सफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सुरक्षा निकाय र सम्बन्धित टोल विकास संस्थाका नागरिकहरुको सहभागिता रहेको थियो ।

खोलाहरुको स्वच्छता कायम राख्न सके पानीको प्रयोग गर्न सकिने भएकाले खोलाहरुमा फोहोर नफाल्न सचेतना जगाउने उद्देश्यले कटुवा र सेवार खोलाको सफाई गरिएको शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । सरसफाई कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सरसफाई वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगी सहित जनप्रतिनिधी, सहायक प्रमुख जिल्ला अधिकारी चिरिन्जीवी राना, नेपाली सेनाका कर्णेल रविन्द्र महर्जन समेतको सहभागिता रहेको थियो ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

कार्यक्रममा नगर प्रमुख चौधरीले जथाभावी फोहोर नफाल्न नागरिकहरुलाई आग्रह गरे । नगरले नगल्ने फोहोरलाई खरिद गर्ने कार्यक्रम ल्याएको भन्दै संकलन गरेर विक्रि गर्न सुझाब दिए । सरसफाई नै नागरिकको पहिचान र परिचय भएको भन्दै उहाँले वातावरणको सुन्दरता र व्यक्तिको स्वस्थता सँग जोडिएको उल्लेख गरेका थिए।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना