दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रोल्पा
२१-असोज/ रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालनमा आएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले बताए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँको सहयोगमा सेवा सुरु भएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ ।

सेवालाई थप प्रभावकारी बनाउन सुरुमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियोग्राफर दिनेश महराले बताए । अन्यत्र ५ सय रुपैयाँ भन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सय रुपैयाँमै प्रदान गरिरहेको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना