दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रुकुम पश्चिम
२४-असोज/ रुकुम पश्चिममा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ३ बजे सानीभेरी गाउँपालिका-११ अर्मापाखामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले बताएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



दुर्घटनामा परी सानीभेरी गाउँपालिका-९ निवासी ३१ वर्षिय जीवन भण्डारीको घटनास्थलमै मृत्यु भएको छ भने सानीभेरी-३ निवासी १९ वर्षीय समीर परियार र वडा नम्बर १० का २९ वर्षीय तिलक खड्का घाइते भएको प्रहरीले बताएको छ ।

उनीहरुको अवस्था सामन्य रहेको र उपचारका लागि चौरजहारी पठाइएको छ । ग १ ज ४४५४ नम्बरको जिप सडकबाट १०० मिटर तल खसेकोे थियो । साथै दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना