दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

दशैको रमझम र भिडभाड अत्यधिक छ । दुुई बर्षसम्म कोरोना त्रासमा रहेका पर्वमा यसबर्ष केही राहत मिलेको अनुुभूूति नागरिकले गरेका छन् । कोरोना मथ्थर हुदै जाँदा नागरिकहरु कुनै प्रबाह नगरी दशै मनाउने तयारीमा सुरसार गरिरहेका छन् । तर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा अझै कुनै निश्चित छैन् । अनुमान र विज्ञहरुको भनाईलाई आधार मान्ने हो भने यसको नियन्त्रणमा अझै धेरै संघर्ष गर्नुपर्ने देखिन्छ । दैनिक कोरोना संक्रमितहरु भेटिने क्रम जारी छ । तर नागरिक स्तरमा भने अहिले पनि कोरोना केही हैन भन्नेझै बुझाई देखिन्छ । नागरिकहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना नै गरेको देखिदैन । कोरोनाको जोखिम उत्तिकै भए पनि यसबाट बच्ने सुरक्षाका उपायहरु सजिलो भए पनि नागरिकहरु भने पालनामा निकै कन्जुस्याँई गर्ने गरेका छन् । जसको फलस्वरुप कोरोना नियन्त्रणमा चुनौती देखिएको छ । दैनिक दाङमा थपिने संक्रमितले सकृय बिरामीको संख्यामा पनि थप हुदै गएको छ । तर निको हुने भन्दा संक्रमित थपिने संख्या घट्दै जाँदा चुनौती कम रहेको अनुमान छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



जिल्लाका सरोकारवाला निकायहरु पनि कोरोनाको जटिल रुप तेस्रो चरणमा देखिन सक्ने भन्दै स्वास्थ्य जनशक्ति, स्रोत साधन, उपकरण र भौतिक पूर्वाधारमा विशेष ध्यान पनि दिदै आएका छन् । दाङमा दैनिक एक हजार थान सिलिण्डर अक्सिजन उत्पादनका लागि पूर्वाधारहरु बन्ने क्रममै रहेको छ । यसले पनि भोली आउन सक्ने संक्रमणलाई सजिलै पराजित गर्न सकिन्छ भन्नेमा ढुक्कता बढ्न थालेको छ । अक्सिजनको हाहाकारले धेरै नागरिकहरुले ज्यान गुमाएका उदाहरणहरु रहेका छन् । त्यसका लागि प्रयाप्त अक्सिजन तयारी अवस्थामा राख्न अहिले अस्पताल तथा उद्योगहरुका अक्सिजन प्लान्टहरु निर्माणको क्रममा छन् । अबको संक्रमण बालबच्चामा देखिने स्वास्थ्य विज्ञहरुको भनाईका आधारमा बालरोग विशेषज्ञहरुलाई भेला गराई आवश्यक तयारीमा स्थानीय प्रशासनले एकीकृत गराईसकेको छ । एउटा समिति नै गठन गरेर अबको प्रतिकार्यका लागि बाल रोग विषेशज्ञहरुलाई तयारी अवस्थामा रहन प्रशासनले निर्देशन दिईसकेको छ । पूर्व तयारी नहँुदा धेरै क्षति हुन सक्ने भन्दै भएका स्रोत साधनलाई प्रयाप्तता अवस्थामा राख्नका लागि चनाखो बन्नुपर्ने देखिन्छ ।

अर्कोतर्फ सिकिस्त विरामीलाई राख्नका लागि आईसियू, एनआईसीयू र भेन्टीलेटरको पनि आवश्यकता अनुसार जोहो गर्नु अहिलेको दायित्व हो । पूर्वाधार, जनशक्तिको तयारीका साथै नागरिक स्तरमा सचेतना जगाउने पक्ष अर्को महत्वपूर्ण पाटो हो । अहिले जनप्रतिनिधी, स्थानिय प्रशासन, प्रहरी र विभिन्न संघसंस्थाहरु मास्क लगाऔँ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौभन्दै बजार बजारमा डुल्नुपर्ने बाध्यता आईलागेको छ । नागरिक स्तरमा चरम लापरवाही हँुदै गर्दा कोरोनाको जोखिम थप बढ्दै गएपछि तपाईको मास्क खोई भन्ने नारा नै लगाउँदै मास्क लगाउन प्रेरित गर्नुपरेको छ । यस्ले पनि नागरिक स्तरमा चेतना र लापरवाहीले भोलीको स्वास्थ्य अवस्थामा प्रश्न उठाएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना