दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
२७ असोज / बडादशैंको आठौ दिन आज महाअष्टमी पर्व । हर्षोल्लासपुर्वक शक्ती स्वरुपा नवदुर्गा भवानीको पुजा आराधना गर्दै मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दशैघर अथवा मण्डपमा वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आव्हान गरि घटस्थापना गरिएको स्थानमा आज भक्तीपुर्वक विशेष पुजाआजा गरिन्छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



आज घर घरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोईपखाली महादेवी दुर्गाको हतीयारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । आज मध्यरातमा बली सहित कालरात्रीको पुजा गर्ने पनि चलन छ । भक्तजनको यस पुजा बाट प्रसन्न भइ देवीले शुभफल र आर्सीवाद दिन्छीन् भन्ने विश्वास रहेको छ ।

महाअष्टमी पर्वको अवसरमा आज बिहानै देखि देशभर शक्तिका प्रतिक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठुलो भिड लागेको छ । दाङका अम्बेकेश्वरी, धारापानी, सल्यानको खैरावाङ लगायतका मन्दिरहरुमा पनि बिहानैदेखि दशैनार्थीहरुको घुइँचोलाग्ने गर्दछ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना