शरद रेग्मी,सल्यान
२७ असोज/ सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतीको मन्दिरमा सबैभन्दा बढि चार हजार बलि चढाईएको छ । मन्दिरमा आज सबैभन्दा बढि दर्शनार्थीहरुको भिड लागेको मन्दिरका पुजारी नवीन पौडेलले जानकारी दिएका छन ।

मन्दिरमा घटस्थापना देखि दशमीका दिन सम्म विशेष पुजापाठ तथा बलि दिने गरिन्छ । तर विभिन्न जिल्ला बाट बर्ष दिन भरिनै सर्वसाधारणहरु मन्दिर पुग्ने र बलि दिने गर्दछन । गतसाल कोरोना महामारीका कारण मन्दिरमा पुजाआजा गर्न रोक लगाईएको थियो । तर यसपर्ष सुरक्षाको मापदण्ड अपनाएर पुजा आराधना गर्ने बाताबरण मिलाएका थियौ तर यसपटक गतसाल गरिएका भाकल समेत मन्दिर पुगेका कारण भिडभाड बढेको मन्दिर ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

मन्दिरको ब्यबस्थापनमा स्थानिय सारदा नगरपालिका ,बागचौर नगरपालिका र सल्यान जिल्लाका गाउपालिकाहरुले सहयोग गर्दै आएका छन ।

सारदा नगरपालिकाका मेयर अधिकारीका अनुसार प्रदेश र सघिय सरकरको सहयोगमा बाटो ब्यबस्थित र स्तरउन्नति गर्ने अभियानमा समेत आफुले निरन्तर लागि गरिरहेको बताएका छन।

परापुर्बकालमा राणा तथा पुर्व राजाहरुले मन्दिरमा पुगेर ब्रतबन्ध गर्ने ,पाजुपाठ गर्ने तथा बलि दिएपछि मात्रै सर्वसाधारणका लागि पुजा खुल्ला हुने किम्वदन्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया

प्रतिकृया