काठमाडौं
४-कार्तिक/ नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रत्येक विभागमा अध्यक्षसहित ३५ सदस्य रहने उनले बताए । त्यस्तै, सम्पर्क समिति गठन गर्ने र विपद् व्यवस्थापन विभाग गठन गर्नेबारे छलफल भएको उनको भनाइ छ । प्रवक्तासमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मेवारी दिइएकोे छ ।

त्यस्तै, पार्टी स्कुल विभागको नेतृत्व गिरिराजमणि पोखरेललाई दिइएको छ । उक्त विभागको नेतृत्वमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल थिए । दाहाललाई पार्टी स्कुल विभागको इन्चार्जको जिम्मेवारी दिइएको महराले बताए । पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको पनि प्रवक्ता महराले बताए् ।

उनले अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने भन्दै राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखिएको समेत बताए ।

प्रतिकृया

प्रतिकृया