काठमाडौं
४-कार्तिक/ पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना निको भएका छन् । बिहिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया

प्रतिकृया