प्रिया स्मृती गजमेर, लमही
१३-कात्तिक/ नेपाली कांग्रेसका नेता कर्ण बहादुर बुढाथोकीले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता कार्यकर्ता एक ढिका भएर लाग्नु पर्ने बताए । नेपाली कांग्रेस लमही नगर पालिका वडा नम्बर ८ को वडा समितिले आयोजना गरेको शुभ कामना तथा चियापान कार्यक्रममा बुढाथोकीले यस्तो बताएका हुन् ।

विगतमा भएका तिता मिठा कुरालाई भुलेर अब नयाँ सिराबाट संगठन निर्माणमा सबै लाग्नु पर्ने बताए । त्यस्तै महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपालीले तेरो मेरो नभनी, हातमा हात मिलाई नेपाली कांग्रेसलाई मजबुत बनाउनु पर्ने अहिलेको आवश्यकता भएको तर्क गरे । लमही नगरपालिका ८ का वडाध्यक्ष मेघनारायण चौधरीले नातावाद कृपावादलाई जरैबाट निर्मुल पार्नु पर्ने भन्दै निस्वार्थ भावनाले पार्टीमा लाग्नु पर्ने बताए । नेपाली कांग्रेस लमही नगरका निवर्तमान सभापति प्रताप कुमार खड्काले गुट उपगुटको पछि नलागी पार्टीलाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस लमही नगरपालिका ८ का उपसभापति गणेश चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लमही नगरपालिका ७ का वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधि कुलबहादुर बुढामगर, क्षेत्रीय प्रतिनिधि कृष्ण बहादुर चौधरी, नेपाल पत्रकार महासंघ दाङका सदस्य शिबराज खनाल, दाङ समाचार डटकमका संचालक प्रिया स्मृती गजमेर लगायतले शुभ कामना मन्तव्य गरेका थिए ।

निवर्तमान वडा सभापति लाल बहादुर बुढाथोकी, उपसभापति उमेश कुमार खड्का, क्षेत्रीय प्रतिनिधि दिक्पाल योगी, वडा सदस्य देवा परियार, राजकुमार चौधरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस लमही नगर पालिका वडा नम्बर ८ का वडा सभापति यादवनाथ योगीको सभापतित्व एवम् नेपाली कांग्रेस महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिकृया

प्रतिकृया