तुलसीपुर
२१ कार्तिक/ सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ। बस सडकबाट २ सय मिटर तल खसेको सल्यान प्रहरीले जानकारी दिएको छ।

सल्यान खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ ।

प्रतिकृया

प्रतिकृया