सल्यान
२१ कात्तिक/ सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक १२ जना मध्य १० जनाको सनाखत भैइसकेको र २ जनाको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ।

घटनामा परी २७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला तथा जिल्ला बाहिर रिफर गरिएको प्रहरीले बताएको छ ।

घाईते मध्ये केहिको अवस्था गम्भिर भएको प्रहरीले बताएको छ। सल्यानको खलंगाबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार दिउँसो दुर्घटना भएको हो ।

प्रतिकृया

प्रतिकृया