काठमाडौं
३-मंसिर/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गरेका हुन् ।

कृषि क्षेत्रको सुधारका लागि भन्दै सरकारले यी कानुन ल्याएपछि किसानहरु एक वर्षभन्दा लामो समयदेखि लगातार आन्दोलनमा थिए। प्रधानमन्त्री मोदीले यी कानुन खारेज गर्ने बताएपछि किसानका सङ्गठनहरुले यसलाई आफ्नो विजयी भएको रुपमा लिएका छन् । मोदीले यो महिनाको अन्तिममा सुरु हुने संसद् बैठकमा विवादित कृषि कानुन खारेज गर्न संवैधानिक प्रक्रियाको पूरा गर्ने बताएका छन् ।

त्यस्तै उनले आन्दोलनरत किसानलाई घर फर्किन पनि आग्रह गरे। तर किसानका नेताले भने यी कानुन खारेज नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन्।

प्रतिकृया

प्रतिकृया