सल्यान
३-मंसिर/ सामुदायिक वन समुदायकै हितका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सल्यानमा आयोजित सामुदायिक वनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उपभोक्ताहरु वन संरक्षक मात्रै नभइ उनीहरुले स्वतन्त्र रुपमा वनको उपयोग गर्न पाउनुपर्ने धारणा राखेका हुन् ।

सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकामा शुक्रबार आयोजित सामुदायिक वनको सम्भावनाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सामुदायिक वनक्षेत्रमा रहेको प्राकृतिक श्रोत साधनको विकास, संरक्षण, व्यवस्थापन, नियन्त्रण र उपयोग गर्ने अधिकार सुनिश्चित गर्नका लागि आफुहरुले स्थानीय वन ऐन समेत पारित गरेको बताए । वन ऐन र यसको व्यवस्थाकाबारे अझै मसिनो ढंगबाट वन समूहका पदाधिकारी, उपभोक्ता तथा सरोकारवालाहरुसंग छलफल गरिने सेनले बताए ।

कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्मा, टिएफ नेपालका प्रतिनिधी गंगाराम दाहाल, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका कार्यकारि निर्देशक डा. सिता अर्याल लगाएतले सामुदायिक वन व्यवस्थापनबाट गरिबी घटाउन, लाभान्वित समुदायको जिविकोपार्जनको श्रोत बनाउनका लागि यसको व्यवस्थापन गरिनु आवश्यक रहेकोमा जोड दिएका थिए ।

त्यस्तै कपुरकोट गाउँपालिकाभित्र रहेका सबै सामुदायीक वन समूहहरुलाई समेट्दै वनमा रहेका कच्चा पदार्थको उपयोगका लागि स–मिल आवश्यक रहेको भन्दै स–मिल स्थापनाका लागि पहल थाल्ने विषयमा पनि छलफल भएको छ । कपुरकोट गाउँपालिकाको समन्वयमा सामुुदायीक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउण्डेशन नेपालद्धारा सञ्चालित सामुुदायीक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्तरगत छलफलको आयोजना गरिएको थियो ।

यो कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकाभित्र रहेका ५३ वटा सामुदायीक वन मध्ये ३२ वटा सामुदायीक वनमा पुगिसकेको सामुुदायीक वन अधिकार सुनिश्चितता परियोजनाकी कपुरकोट गाउँपालिका संयोजक प्रभा रेग्मीले जानकारि गराइन् । उनले छलफल कार्यक्रममा हाल सम्मको अवस्था प्रस्तुत गर्दै ३२ वटा सामुदायीक वनमा वनको अधिकार, श्रोत संकलन, नक्सांकन तथा त्यस मध्ये पनि २७ वटामा वन सिमांकन कार्य सम्पन्न भइसककेको उल्लेख गरिन् ।

कार्यत्रक्रममा गाउँपालिकाका अधिकृत मोहन खड्का, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, सामुदायीक वन उपभोक्ता महासंघ कपुरकोटका अध्यक्ष भिमा बुढाथोकी, ग्रिन फाउण्डेशन नेपाल दाङका सचिव सुरेश रावत, कोषाध्यक्ष खुम प्रसाद भण्डारी, उद्यम विकास अधिकृत प्रेम सुवेदी लगाएत सामुदायीक वन समूहका पदाधिकारी तथा उपभोक्ताहरुको सहभागीता थियो ।

प्रतिकृया

प्रतिकृया