काठमाडौं
७-मंसिर/ आज मंगलबार सुनको मूल्यमा १६ सय रुपैयाँले गिरावट आएकोे छ । सोमबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि सुनको मूल्यमा गिरावट आएको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको मूल्यमा प्रभाव परेको हो ।

कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्ने पावेलको रणनीतिको असर सुनमा परेको हुन सक्ने उनले बताए । त्यस्तै आज सोमबार चाँदीको मूल्यमा पनि तोलाको १५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया