काठमाडौं
८-मंसिर/ नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले आयोजना गरेको आर्थिक पुर्नउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

प्रतिकृया

प्रतिकृया