तुलसीपुर
१९-मंसिर/ तुलसीपुरमा अटो अनियन्त्रीत भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरदेखि जस्पुरतर्फ जांदै गरेको रा १ ह २९११ नम्बरको अटो गएराती ११ बजेतिर दुर्घटना हुदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका १२ निवासी ३५ वर्षीय गंगाराम केसी रहेका छन् ।

त्यस्तै मोटरसाइकले पैदल यात्रुलाई ठक्कर दिदा एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ मानपुर निवासी ६३ वर्षीया हरीकला खत्री रहेको प्रहरीले बताएको छ । आज आइतबार दिउँसो १२ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ३०६५ नम्बरको मोटरसाइकलले बिजौरीमा ठक्कर दिएको प्रहरीले बताएको छ । घाइते खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया