काठमाडौं
२१-मंसिर/ बङ्गलादेशमा हुने साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज मंगलबार ढाका प्रस्थान गर्दैछ । नेपाली टोली आज मंगलबार दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाले ढाका जाने महिला १९ वर्षमुनिको टोलीलाई सोमबार बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्गलादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ ।

त्यस्तै दोस्रो खेल श्रीलङ्कासँग डिसेम्बर १५ तथा तेस्रो खेल भुटानसँग डिसेम्बर १७, चौथो खेल भारतसँग डिसेम्बर १९ मा खेल्ने तालिका छ । राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

प्रतिकृया

प्रतिकृया