२२ मंसिर/ भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा सेना प्रमुख विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यो हेलिकोप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारी पनि थिए । उनीहरू एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए ।

अहिलेसममको जानकारी अनुसार दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया

प्रतिकृया