काठमाडौं
१६-पुस/ गृहमन्त्री बालकृष्ण खाणले तीनै तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन् । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरुसंग यस्तो बताएका हुन् । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस्तै नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको चुनाव हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया