रुकुम पश्चिम
१७-पुस/ रुकुम पश्चिममा एक महिलाको रहस्यमय मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको हो । शुक्रबार राति करिब १० बजेतिर २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

परिवारका अन्य सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षिय दीपक खनाललाई आशंका गरेको प्रहरीले बताएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा आउने प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया