तुलसीपुर
२५-पुस/ नेपाल ज्योतिष परिषद्को २४औं स्थापना दिवसको अवसरमा नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति दाङको बेलझुण्डीमा सम्पन्न भएको छ। नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समिति सदस्य माधवा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर भीम खतिवडाले गरेका थिए।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् तुलसीपुर नगर कमिटीका अध्यक्ष ठाकुर देवकोटा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य केशव गौतम, नेपाल ज्योतिष परिषद् केन्द्रीय सचिव सहप्रा. डा अर्जुनप्रसाद भट्टराई, नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठका सहप्राचार्य उदयराज सुवेदी, प्रमुख अतिथि प्रा. डा. भीम खतिवडाले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल ज्योतिष परिषद् दाङ जिल्ला कार्यसमिति अध्यक्ष उपप्राध्यापक कपिलदेव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव अर्जुनकुमार आर्चायले गरेका थिए । तिन सत्रमा विभाजित कार्यक्रमको दोस्रो सत्रमा वास्तुशास्त्र, फलादेश तथा पञ्चाङ्ग विषयमा केशव गौतम, मेधराज आर्चाय तथा कपिलदेव सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको तेस्रो सत्रमा कार्यक्रममा उपस्थित १० जना सहभागीले रक्तदान गरेका थिए । कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको सभाहलमा भएको थियो भने कार्यक्रमको आयोजना नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति दाङले गरेको थियो ।

प्रतिकृया

प्रतिकृया