घोराही
२५-पुस/ लक्ष्मीपुर युवा क्लबको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर ४ को सहयोगमा भएको दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मीपुर युवा क्लवले जितेको छ ।अन्तिम खेलमा लक्ष्मीपुर युवा क्लबले सार्थक युबा क्लब बिलाई ४-१ गोलले पराजित गरेको हो । बिजेता बनेको लक्ष्मीपुर युवा क्लबले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको सार्थक युवा क्लवले पनि १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ । लक्ष्मीपुर युवा क्लब अध्यक्ष पंकज आचार्यको अध्यक्षता एव वडाध्यक्ष भीमबहादुर सार्कीको प्रमुख अतिथिमा कार्यक्रम भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेल क्षेत्रको विकासका लागि स्थानीय स्तरमा खेलकुदका नियमित कार्यक्रमहरु हुन आवश्यक रहेको बताएका थिए ।

वडा सदस्य रचनी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य लिला गोतामे, फुटबल खेल संयोजक हिमाल पौडेलले खेल स्वास्थ्य सँगै मित्रता र अनुुशासन सँग जोडिएको क्षेत्र भएको बताए । कार्यक्रममा वडा अध्यक्ष सार्कीले खेल र युवाहरुको क्षमता तथा नेतृत्व विकासमा सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रमको सहजीकरण क्लबका सहसचिव खेमराज भण्डारीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया