घोराही
५-माघ/ दाङको महेन्द्र बहुुमुुखी क्याम्पस भरतपुुरमा यसै शैक्षिक सत्र देखी स्नातक तह कम्युुटर विज्ञान तथा सूचना प्रविधि विएसी सिएसआईटी विषयको पढाई हुुने भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गरी त्रिभुुवन विश्वविद्यालय विज्ञान तथा प्रविधी अध्ययन संस्थान डिनको कार्यालय बल्खुुले उक्त विषय अध्यापनका लागि अनुुमती दिएको र यसै शैक्षिक सत्रबाट पढाई सुुरु गर्ने जानकारी दिएको हो ।

क्याम्पस प्रमुख भरतराज न्यौपानेले साविक राप्ती अञ्चलकै जेठो क्याम्पस महेन्द्र बहुुमुखी क्याम्पसले यसै शैक्षिक सत्र देखी स्नातक तह कम्युुटर विज्ञान तथा सूचना प्रबिधि विषयको पठनपाठन गराउने अवसर पाएको बताए । सिपयुुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ आफुहरुले यसलाई गौरवका रुपमा प्राप्त गरेको उनको भनाई छ । उक्त विषय पढ्नका लागि कक्षा १२ मा अनिवार्य रुपमा भौतिक शास्त्र र गणित विषय पढेको हुनुपर्ने र सी ग्रेडमा पास भएको हुनुुपर्ने सहायक क्याम्पस प्रमुुख कुुलविर चौधरीले जानकारी दिए ।

४ बर्षे कोर्षका लागि करिब ४ लाख रुपैयाँ विद्यार्थीले शूल्क तिर्नुुपर्ने क्याम्पस प्रशासनको भनाई छ । अहिले ३६ जनाको कोटा रहेको र जुनसुकै ठाउँका विद्यार्थीहरुले पनि पढ्न पाउने व्यवस्था गरिएको अर्का क्याम्पस प्रमुख मनोज चौधरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले क्याम्पसले इतिहास बोकेको भन्दै यसको वृद्धि विकासमा सोच र लगानीको आवश्यकता रहेको बताए । हजारौं जनशक्तिहरु उत्पादन गरेको क्याम्पसको वृद्धि विकासमा अपेक्षित लगानी नभएको उनको भनाई छ । भौतिक संरचना, जनशक्ति र शैक्षिक गुुणस्तरमा सुधारसँगै सबल बनाउन तर्फ क्याम्पस प्रशासन र सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको उनले जोड दिए ।

२०१६ सालमा स्थापना भएको क्याम्पसमा अहिले करिब साढे ४ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेको क्याम्पस प्रशासनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया