बजारका आसपासमा मात्रै हैन, यति बेला गाउँगाउँमा पनि जग्गा प्लटिङको लहर चलेको छ । प्रदेशको राजधानी दाङ हुन हल्ला र भैसकेपछि खेती योग्य जमिनहरुलाई घडेरीका लागि चिराचिरा पारिएको छ । उर्वर खेती हुँदै आएको बारी र खेतहरु अहिले मैदान बनेका छन् । केही बर्ष सम्म कठ्ठामा बिक्रि हुने खेत र बारी हिजोआज हातमा मूल्य सँग दाजिने भएको छ । खेतियोग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने क्रम रोकिएको छैन । पहाडबाट बसाईसराई गरि बेसी झर्ने र विदेशमा कमाएर पहिले किन्न भनेकै घडेरी बनेको छ । किसान सँग खेत वा बारी किनेर हातमा कित्ता काट गरेर घडेरीहरु धमाधम बन्ने क्रम जारी छ । सरकारले करिव जग्गा जमिनको कित्ताकाट रोक्यो तर अनेक विकल्प अपनाएर बिक्रि भने रोकिएन । दाङका मुख्य बजार क्षेत्रका आसपास तथा सडक छेउछाउका खेतबारीहरु उब्जनी मासिदै गएको छ ।

सरकारले अबको आर्थिक विकास कृषिलाई आधुनिकीकरण र व्यवसायीककरणबाट मात्रै गर्न सकिन्छ भनिरहदा अर्को तर्फ भने खेती योग्य जमिन दैनिक जसो घरघडेरीकारुपमा परिणत हुदै गएको छ । जिल्लाका घोराही आसपासका अम्बापुर, रझेना, चौघेरा, ओखरा, पनौरा, रतनपुर, सर्रा, गुलरीया, बडहरा, कपासी, सिस्नेखोलालगायतका बजार क्षेत्र नजिक भएका ठाउँहरुमा खेती योग्य सैयौँ बिगाह जमिन मासिएको छ । जिल्लाका अन्य शहरी क्षेत्रहरु लमही, तुलसीपुर, भालुबाङ, गढवा, नारायणपुर लगाएतका ठाउँहरुमा समेत खेतीयोग्य जमिन मासेर घर घडेरी बनाउने क्रम तीव्र गतिमा छ ।

खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, खेती गर्ने व्यक्तिहरु विदेश जानुका कारण बर्षेनी खेती योग्य जमिन मासिदै गएको छ । धानखेत बाँझो सर्वेक्षण प्रतिवेदन अनुसार दाङमा सबैभन्दा धेरै बारी बाँझो हँुदै गएको छ । करिब १० हजार ३ सय ६५ विगाह बारी बाँझो देखिएको छ भने ८ सय ९३ विगाह खेत बाँझो देखिएको छ । ६ हजार ७ सय १५ विगाह खेतीयोग्य जमिन घर घडेरीका लागि प्लटिङमा परेको छ । त्यसै गरी, ३ हजार ५ सय ५१ विगाह जमिन उद्योग स्थापनाका लागि मासिएको छ भने ६ हजार २ सय ४६ बिगाह जमिन नदिले कटान गरेको धानखेत बाँझो देखिएको छ । अब जग्गा मास्ने जुन काम भएको छ त्यसलाई रोक्न नसके भोली कुनै दिन संकट आईपर्नेछ ।

प्रतिकृया

प्रतिकृया