नेकपा माओवादी केन्द्र तुलसीपुरनगर कमिटीका अध्यक्ष खुशीराम चौधरी । उनको जन्म साविक उरहरी गाविस वडा नं. २ कचिलामा २०३६ साल २ महिना ४ गते बुवा भागीराम चौधरी र आमा कुमारी चौधरीको कोखबाट भएको हो । उनको वाल्यकाल कचिला मै बितेको थियो । सरल रुपमा आफ्नो वाल्यकाल बितेको उनी बताउँछन् ।

वाल्यकाल आफु एकदमै चञ्चले स्भावको भएको बताउँने उनी बिहान स्कुल जाने र स्कुलबाट फर्किदै गर्दा बाटोमा खेल्दै आउँदा घर पुग्दासम्म अध्याँरो हुन्थ्यो उनी भन्छन्– साथीहरुसँग खुबै खेल्न चुरुचाउँथे, त्यसबेलामा सुपाको साईकल बनाउने, गोटीहरु खेल्ने गर्थ्यौ’ ।

घरमा आफुभन्दा अगाडीको दिदीहरु भएकाले त्यती घरको काम गर्न नपरे पनि दिदीहरुको बिहेपछि भने घरको काममा खटिनु परेको उनी सुनाउँछन् । वाल्यकालमा उनी धेरै पढेर शिक्षक बन्ने रुची राख्दथे । कक्षा ९ मा बढ्ने बेलामा ऐच्छिक गणित लिएर पढेको थिए त्यो भनेको भोली गएर शिक्षक बन्छु भन्ने सोच थियो उनी भन्छन् । बुवा–आमाले पनि पढ्नुपर्छ असल मान्छे बन्नु पर्छ भनेर सधै हौसला प्रदान गरेको उनी सुनाउँछन् ।

उनले अमर मावि उरहरीबाट पढाइ सुरु गरेका थिए र त्यहीबाट २०५६ सालमा एसएलसी पास गरेका थिए । घरको समस्याले गर्दा २÷३ वर्ष पढाइ रोकिएकाले २०५६ सालमा एसएलसी पास गरेको उनी बताउँछन् । एसएलसीपछि उनी महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । र आईए पास त्यहीबाट गरे ।

भूमिगत जीवन
खुशीराम घोराहीमा बसेर क्याम्पस पढि रहेका थिए । त्यो बेलामा देशको अवस्था असहज थियो । त्यसपछि फरक तरिकाले राजनीतिमा लाग्ने अवस्था बनेको उनी बताउँछन् । कक्षा १० मा पढ्ने बेला नै राजनीतिप्रति चासो राख्दथे तर क्याम्पस पढ्न गएपछि अझ बढी राजनीतिमा वेश बनेको उनी सुनाउँछन् । क्याम्पस पढ्ने बेला अखिल क्रान्तिकारीको इकाई कमिटीमा रहेका उनी आईए दोस्रो वर्षको परिक्षा दिएर २०५८ साल भदौ ४ गतेदेखि आफु माओवादी पार्टीमा भूमिगत भएको उनी बताउँछन् ।

केही वर्ष भूमिगत भएपछि उनी फेरी २०६५ सालमा ब्याचुलरको पढाइ सुरु गरेका थिए । र तीन वर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसबाट उनी डिग्री पास गरे । माओवादी पार्टीको जुन लाईन थियो त्यो विषयमा आफु हृदयदेखि सोच्दा यो पार्टीको लाईनमा भएर काम गरेपछि देश राम्रो बन्छ भन्ने लागेपछि आफु माओवादीमा जोडिएको उनी बताउँछन् । २०५८ सालदेखि उनी निरन्तर राजनीतिमै छन् ।

आफु भूमिगत भएसँगैं संकटकालको समयमा आफ्नो परिवार एकवर्षमा ६ महिना मात्रै घरमा बस्ने अवस्था आएको उनी सुनाउँछन् । त्यसमा पनि दिउँसोमा घरमा बसे पनि रातीको समयमा अरुको घरमा बस्ने गरेको उनी सुनाउँछन् । त्यसबाहेक राज्यपक्षबाट घरमा आएर यातना दिने प्रेसर दिने काम निरन्तर रुपमा भएको उनी सम्झन्छन् ।

छिमेकीहरु घरमा आउँदैन थिए
त्यो समयमा आफु माओवादी पार्टीमा लागेको हुँनाले गाउँका घरका छिमेकीहरु आफ्नो घरमा आउँनै डर मान्ने गरेको उनी बताउँछन् । उनीहरुको घरमा गएको समयमा सेना प्रहरी आएर मार्छन् की भन्ने डरले मेरो घरमा आउँदैन थिए उनी भन्छन–मेरो परिवारसँग बोल्न समेत छिमेकीहरु डराउने भएकाले त्यो बेला मेरो परिवारलाई एकदमै पीडा भएको थियो । उनी भन्छन्–एक त परिवारमा हामी पनि मर्ने हो की, प्रहरी आएर मार्क की भन्ने त्रास त थियो नै त्यसैमा छिमेकीहरु नबोल्दा अझ धेरै मेरो परिवारमा मेरो कारणले पीडा भयो त्यती मात्रै नभएर आफ्नो कारणले छिमेकीहरुलाई पीडा हुनुका साथै आफुसँग नाम जोडिएका व्यक्तिहरुलाई समस्या भएको बताउँदै त्यो विगत सम्झिदा अहिले पनि नमज्जा लाग्ने गरेको उनी बताउँछन् ।

म मरेको खबर घरमा आयो
संकटकालको समयमा खुशीराम पार्टीको कार्यक्रमको लागि कैलाली गएको थिए । त्यही समयमा उनको घरमा नेपाली सेना आएर खुशीराम मर्यो, हामीले गिरफ्तार गरेका थियौं अहिले उ मर्यो भनेर घरमै आएर भने । त्यो खबर सुन्दा उनको परिवारमा रुवाबास नै चल्यो । उनी कैलालीमा करीब १० दिन जति बसे । त्यो दशदिनको समयमा उनको घरमा पीडा नै भयो त्यही चिन्ताले खुशीरामको बुढी बिरामी परिन् । कैलालीको कार्यक्रम सकेर उनी साथीहरुको सल्लाहअनुसार घर जाने निर्णय गरे । दिनभरी उनी बाटोमा लुकेर बसे र साँझ परे पनि उनी आफ्नो घरमा गए । उनी घरमा गएसँगै उनको परिवार अझ शसंकित भयो । यो मरेको मान्छे घरमा बाँचेर कसरी आयो, यात यो भूत हो डराउन दिन पो आको हो की भन्ने खालको माहोल बनेको उनी सुनाउँछन् । घरमा सबै कुरा भएपछि एकखालको खुशी छाएको उनी सुनाउँछन् । दुश्मनहरु घरका सदस्यहरुलाई दुःख दिनको लागि जुनसुकै हर्कत गर्न पछि पर्दैनन् भन्ने त्यो बेला आफुलाई महशुस भएको उनी बताउँछन् । त्यो नै आफ्नो जीवनमा नमिठो क्षेण रहेको उनी सुनाउँछन् । त्यो बेलाको टेन्सनले आफ्नो जीवन साथी टाउको सम्बन्धी समस्याले ग्रसति भएको बताउँदै चार वर्षसम्म लखनौउमा उपचार गराएर अहिले सन्चो भएको उनी बताउँछन् ।

त्यो बेलाको दुःखले अहिले आफु सन्तुष्ट रहेको उनी बताउँछन् । त्यो बेला त्यती धेरै संघर्ष नगरेको भए आज सामान्य व्यक्तिले आफुलाई मनमा लागेको कुरा निर्धक्क भएर राख्न सक्नुहुन्छ, त्यो बेला हुने खाने व्यक्तिले जे गर्दा पनि हुन्थ्यो त्यसलाई केही भनेमा प्रहरी बोलाएर गिरफ्तार गराउने त्यो खालको कुरालाई हामीले अन्त्य गरेका छौं, अहिले कसैले कसैलाई दास बनाउन सक्दैन, सामान्य व्यक्ति पनि आफ्नो अधिकारको लागि बोल्न सक्ने भएको छ त्यसकार म सन्तुष्ट छु’ । त्यसका साथै देशमा नयाँ संविधान बन्यो त्यो संविधानलाई टेकेर आज विकासको हिसावले एउटा वडाले करोडौको बजेट पाउँछ दश÷पन्ध्र लाख बजेट माग गर्न कुनै समस्या छैन्, स्वास्थ्य शिक्षाको विषयमा उचनिच भन्ने कुरा थियो त्यसमा पनि सहजता आएको छ यो समग्र विषय हेर्दा दशवर्षे जनयुद्धले राम्रो काम गरेको हो उनी भन्छन् ।

उनी कक्षा १० मा अध्ययन गर्ने क्रममा क्षेत्र नं. २ बाट बेस संस्थाको उपाध्यक्ष पदमा चुनाव जितेका थिए । त्यसपछि २०५८ सालमा भूमिगत भएको १२ महिना पछि माओवादीको सदस्यता प्राप्त गरेका थिए । त्यसैगरी उनी एरिया सदस्य र विद्यार्थीहरुको अध्यक्ष, जिल्ला सदस्य, जिल्लाको सहसचिव, जिल्ला अध्यक्ष, विद्यार्थी संगठनको केन्द्रीय सदस्य, त्यसपछि माओवादी केन्द्रको जिल्ला सदस्य, केन्द्रीय सदस्य, सचिवालय हुँदै लामो समयसम्म केन्द्रीय सचिव भएर काम गरेका थिए ।

केन्द्रीय सचिव भएको समयमा उनी लिपुलेक गएका थिए । त्यही बेला पत्रकारसहित १७ जनाको टोली दार्चुलाबाट करीब पाँच दिनको हिडाईपछि लिपुलेक पुगेको थियो । त्यहाँ पुगेर नेपालको झण्डा फहराएर नारा लगाएर आफुहरु फर्किएको उनी बताउँछन् । त्यसपछि चारवर्षम्म काठमाडौमा बसेर अध्यक्ष भएर काम गरेका थिए । पार्टीको प्रदेश कमिटी सदस्य हुँदै पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य भएर काम गरे ।

त्यसपछि चारवर्षको काठमाडौं बसाईलाई विट मार्दै दाङ आएर नेकपा माओवादी तुलसीपुर उपमहानगरपालिकाको अध्यक्ष भएर काम गरे भने फेरी तुलसीपुर नगरको अध्यक्ष भएर काम गर्दै आएका छन् । र उनी अमर मावि उरहरीको विद्यालय व्यवस्था समितिमा सर्वसहमतिमा अध्यक्ष भएर काम गरिरहेका छन् ।

१२ वर्षको उमेरमा बिहे
खुशीराम चौधरीले सात कक्षामा पढ्ने क्रममा १२ वर्षको उमेरमा मागी बिहे गरेका थिए । बिहेअघि अंकलले आफुलाई मामाघर जाउ भनेर लगेको र त्यहाँ गएपछि केटीलाई देखेको उनी बताउँछन् । ‘मलाई मामाघर जाउ भनेर लग्नु भयो तर उहाँले मेरो परिवारसँग सल्लाहा गरेर केटी देखाउन लग्नु भएको रहेछ त्यो कुरा मलाई थाहा भएन अन्जान मै केटी हेरियो’ उनी भन्छन् । त्यहाँ गइसकेपछि सबैले सबैले केटी कस्तो लाग्यो भनेर सोधेपछि मात्रै आफुलाई बिहेको बारेमा जानकारी भएको उनी सुनाउँछन् ।

परिवारमा काम गर्ने मान्छे थिएनन् त्यसकारण पनि आफुले सानै उमेरमा सहज रुपमा बिहे गरेको उनको भनाई छ । अहिलेसम्म जीवन साथीसँग ठुलै झैझगडा नपरेको र आफुले सधै सम्मान गरेर तपाई भनेर जीवन साथीसँग बोल्ने गरेको उनी सुनाउँछन् । आफुले कतै लैजादा वा घरमै हुँदा पनि श्रीमतीलाई थारु पहिरन लगाउन प्रेरित गर्ने गरेको उनको भनाई छ । उनको दुई छोरी एक छोरा छन् । अबको जीवन पनि राजनीति भन्दा बाहिर नहुने र जनताकै सेवा गरेर बिताउने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया