रामप्रसाद सुवेदी, हापुरे
१८-चैत/ दाङको बबई गाउँपालिकाका विभिन्न स्थानमा ब्यक्तिगत घटना दर्ता शिविर सञ्चालन हुने भएका छन् । बबई गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिरण शाखाको आयोजनामा २०७८ चैत्र २० गतेदेखि २०७९ बैसाख ९ गतेसम्म गाउँपालिकाको सात वटै वडाका विभिन्न स्थानमा सिबिर सञ्चालन गरिने सामाजिक सुरक्षा तथा पञ्जिरण शाखा प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिए ।

शिविरमा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद, बसाईसराई जस्ता ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको लागि समेत आवेदन दिन सकिने छ । शिविर वडा नम्बर ४ अन्तरगत २०७८ चैत्र २० गते हस्तनापुर स्कुल, २१ गते गैरीगाउँ र २२ गते सुन्दरखालमा वडा नम्बर ५ अन्तरगत २०७८ चैत्र २३ गते जौंबारी स्कुल, २४ गते हुरुम स्कुल र २५ गते तल्लो बबरपुर स्कुलमा, वडा नम्बर १ अन्तरगत २०७८ चैत्र २७ गते भाङ्गाबारी,

२८ गते सिमलकुना र २९ गते मलै कप्तानेमा वडा नम्बर ७ अन्तरगत २०७८ चैत्र ३० गते देउती माबि मलै, २०७९ बैसाख २ गते ढोलपुर र ३ गते ओदालेमा, वडा नम्बर २ अन्तरगत २०७९ बैसाख ४ गते बिशौनीडाडा, ५ गते बगाले र ६ गते रातामाटामा, वडा नम्बर ३ अन्तरगत २०७९ बैसाख ४ गते घट्टेखोला, ५ गते पतेरी र ६ गते बासमा, वडा नम्बर ६ अन्तरगत २०७९ बैसाख ७ गते टिकुलीगैरा ८ गते सुनपुर र ९ गते खिलतपुरमा सञ्चालन हुनेछ ।

 

 

प्रतिकृया

प्रतिकृया