तुलसीपुर
३०-चैत/ नेशनल प्याव्सन वर्ष उत्कृष्ट विद्यार्थी २०७८ सम्पन्न भएको छ । नेशनल प्याव्सन दाङको आयोजना, भिक्टोरिया ट्यिुशन सेन्टर तुलसीपुरको प्रायोजन तथा प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पार्टनर सिपमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रत्येक वर्ष आयोजना हुने वर्ष उत्कृष्ट विद्यार्थी प्रतिस्पर्धाबाट छात्र तर्फ १ जना र छात्रा तर्फ १ जनालाई उत्कृष्ट विद्यार्थी छनौट गरिन्छ । उत्कृष्ट विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गर्नुका साथै विद्यालयलाई सम्मान गरिदै आएको नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारी दिए ।

नेशनल प्याव्सन दाङले परिक्षाको अभ्यासमा सहयोग पुग्ने गरि प्रत्येक वर्ष सि परीक्षा अगाडी यस्तो प्रतिस्पर्धा गराउदै आएको छ । ‘हाम्रो उद्देश्य भनेको उत्कृष्ट छात्र÷छात्रा छनौट गर्नुका साथसाथै सि परिक्षालाई समेत सहयोग पुगोस भन्ने हो, त्यसैले ३ घण्टा समय दिएर परीक्षा मार्फत छनौट गर्छाैं, अध्यक्ष विमल गौतमले भने ।’

बुधबार परीक्षा सम्पन्न भएको छ २-४ दिनमै नतिजा सार्वजनिक गर्ने र साधारण सभामा पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको सचिव ठाकुर प्रसाद डाँगीले जानकारी दिए । प्रतियोगितामा नेशनल प्याव्सन दाङमा आवद्ध मावि तहका विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको थियो भने सहजिकरण सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया